Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ ।

दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन् । प्रधानमन्त्री दाहाल थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए । उनले दुई/तीन चरणमा थापा र गच्छदारसँग कुराकानी पनि गरेका थिए । स्रोतका अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसबारे गच्छदार र थापासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए ।

केही दिनअघि थापा र देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए । स्रोतका अनुसार गच्छदार र थापा सरकारमा नजानुको प्रमुख कारण भनेअनुसार ‘हैसियत’ र मन्त्रालय नपाउनु हो । गच्छदार र थापा दुबैले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा आफू हुनुपर्ने दाबी गरेका थिए । त्यस्तै उनीहरुले मन्त्रालय पनि आफूले भनेको हुनुपर्ने सर्त राखेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गच्छदारले भौतिक पूर्वाधार र सञ्चार मन्त्रालयमध्ये एकसहित उपप्रधानमन्त्री पाउनुपर्ने दाबी गरेका थिए । त्यसैगरी थापाले परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया