Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला ? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो ‘सीआइबी’ले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो । तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन । सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताईरहेको छ । तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैंन । उच्च स्रोतका अनुसार सुनको मालिक पक्राउ गर्दा ठूलो मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक गरिएको छैन ।

सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उनले सधै एउटै जवाफ दिने गरेका छन्, ‘हामीले अनुसन्धान जारी राखेका छौं ।’ ‘सीआईबीले संगठित अपराध ऐन अनतर्गत छानविन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिनको हुन्छ । त्यो बेलासम्म कुने न कुनै रिपोर्ट आउँछ नै होला,’ स्रोतले भन्यो ।

सीआइबी प्रमुख डिआईजी सिलवाललाई गृहमन्त्री, अख्तियार, प्रहरी महानिरीक्षक लगायत उच्च तहबाट घटनाको दोषीलाई पक्राउ गरी कारवाही गर्न निर्देशन दिएको अवस्थामा सिआईबीले किन अन्य कर्मचारी पक्राउ गरेन भन्ने विषय गम्भीर बन्न थालेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया