शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

Loknarayan subedi

बिसौं शताब्दीको उत्तराद्र्धदेखि बिश्व राजनीतिक रंगमञ्चमा प्रभावकारी रुपमा छाएका क्रान्तिकारी नेता कमरेड फिडेल क्याष्ट्रोको निधन वास्तवमा एक युगको अन्त्य हो । आफु राजनीतिकरुपमा सक्रिय रहेको त्यो कालखण्डभरी एकजना महाकाय ब्यक्तित्वले बिश्व महत्वका सबै बिषयहरुका बीच तीब्र गतिमा कदम अघि बढाउँदै हिडेको देखिन्थ्यो ।
यस प्रकृयामा क्याष्ट्रोले एकछिन पनि एकजना क्रान्तिकारी कम्युनिष्टको नाताले मानबताको पूर्ण मुक्ति र स्वतन्त्रताका लागि काम गर्ने लक्षलाई आफ्नो आँखाबाट पटक्कै ओझेल हुन दिएनन् । हुन त अब क्याष्ट्रो सशरीर हाम्रा बीचमा छैनन् तर पनि उनी बिश्वभरी नै संघर्षशील मानबताको बिराट बहुमतका लागि सदा सर्बदा एउटा उच्च प्रेरणाको श्रोत बनिरहने छन् ।
यस्तो प्रेरणाको श्रोत उनी बनिरहनु पर्ने आधार के छ भने फिडेल क्याष्ट्रोले एउटा पिछडिएको, बागवानी (हर्टिकल्चर)मा आधारित झण्डैझण्डै दास–अर्थब्यवस्था भएको क्यूबाली समाजलाई एउटा आधुनिक समाजवादी देशकारुपमा रुपान्तरण गर्ने महत्वपूर्ण बाटो देखाए र रुपान्तरण गराएका थिए । यो प्रेरणा यस तथ्यमा आधारित छ कि उनले यो कुरा सम्भव तुल्याए । फिडेल क्याष्ट्रको नेतृत्वमा क्यूवाले मानब बिकासको क्षेत्रमा निर्बिवाद किसिमले प्रसंशनीय परिणाम खडा गरेर देखाए । जस्तो कि जाति या नश्लबादको अन्त्य, नारी मुक्ति, निरक्षरता उन्मूलन, शिशु मृत्यु दरमा कमी, सामान्य ज्ञानको उच्च स्तर कामय गर्नु आदि । शिक्षा, स्वास्थ्य, चिकित्सा, अनुसन्धान तथा खेलकूदका क्षेत्रमा क्यूवाले जुन हैसियत बिश्वमा हासिल ग¥यो त्यससँग बिभिन्न बिकसित देशहरु हिजो ईष्र्या गर्ने गर्दछन् ।
हुन पनि क्यूवाले यी सबै कुरा जघन्यतम् साम्राज्यवादी नाकाबन्दी तथा घेराबन्दीलाई चूनौति दिदै र दृढतापूर्वक त्यसको सामना गर्दै हालिस ग¥यो । यस क्रममा क्याष्ट्रोले अमेरिकाका राष्ट्रपति आइजहावरदेखि लिएर बुश द्वितीयसम्म पूरै १० जना राष्ट्रपतिहरुसँग निरन्तर लड्नु परेको थियो । त्यस क्रममा उनको हत्या गर्ने कोशिश पनि दुईचार पटक होइन, पूरै ६ सय पटक भएको थियो । अमेरिकी साम्राज्यवादद्वारा क्यूवा बिरुद्ध छेडिएको आर्थिक युद्ध र क्यूबालाई नष्ट गर्नका लागि गरिएका तोडफोडकारी सबै हर्कतहरुलाई सफलतापूर्वक बिफल तुल्याउनमा क्याष्ट्रोले क्यूवाको दृढतापूर्वक र सफल नेतृत्व गरे । यी यर्थाथ कुरालाई अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्व एजेण्ट फिलिप एगीले अत्यन्तै राम्रोसँग दस्ताबेजबद्ध गरेका छन् । जस्तोसुकै बिषम परिस्थितिमा पनि बडो निष्ठापूर्वक काम गर्ने क्याष्ट्रो वास्तवमा सबै क्रान्तिकारी शक्तिहरुको यसरी प्रेरणका श्रोत बनेका हुन् । निश्चय नै उनले आफ्नो जीवन र कार्यले के स्पष्ट देखाए भने एउटा कम्युनिष्ट क्रान्तिकारीले आफ्नो जीवनको अन्तिम घडीसम्म कसरी ब्यवहारबाट सिक्दछ र निरन्तर अघि बढ्दछ ।
क्याष्ट्रोले सन् १९५३ मा क्यूबाको घृणित तानाशाह बाटिस्टाको अमेरिकी कठपुतली शासन सत्ताका बिरुद्ध क्यूवाको सामाजिक रुपान्तरणका लागि छापामार लडाकुहरुको एउटा समूह खडा गरेर त्यसको नेतृत्व गरेका थिए । तर, त्यो क्रान्तिकारी प्रयत्न असफल भएको थियो । बाटिस्टाको सत्ताले उनलाई काराबासको सजाय दियो । त्यस शिलशिलामा उनीमाथि चलाइएको मुद्धाका क्रममा क्यूबा र क्यूबाली जनताका लागि क्याष्ट्रो के चाहन्छन् भन्ने उनले प्रष्ट र बिश्वासपूर्ण के भबिष्यबाणी गरेका थिए भने चाहे उनलाई जे जस्तो सजाय दिइयोस् त्यसले कुनै फरक पार्दैन, इतिहासले उनलाई अन्तत सही साबित गर्नेछ । साच्चै नै वास्तवमा इतिहासले उनलाई सम्मान ग¥यो र सही साबित गरिछाड्यो ।
त्यो भबिष्यबाणीको ६ बर्ष पछि नै सन् १९५९को पहिलो जनवारीका दनि फिडेल र उनको क्रान्तिकारी दस्ताले जसमा चे गुएभारा तथा अन्य कर्यौ प्रसिद्ध क्रान्तिकारीहरु पनि संलग्न थिए, तानाशाह बाटिस्टाको सेनालाई परास्त गरे र क्यूबालाई समाजवादी रुपान्तरण गराउने बाटो तयार गरिदिए । जुन दिन बाटिस्टाको सेनालाई पराजित गरेपछि बिजयी बनेका ३२ बर्षीय फिडेल क्याष्ट्रोले हवानामा मार्च गरे त्यसै दिन फ्रान्समा पाँचौ गणराज्यका पहिला राष्ट्रपतिका रुपमा चाल्र्स दे गाललाई सपथ खुवाइदै थियो । बृटेन तथा थाइल्याण्डका राजा तथा रानीहरुले नै शासकको आफ्नो कर्ममाण्डीय औपचारिक ताजलाई क्यूवामा फिडेल क्याष्ट्रोको नेतृत्वभन्दा बढी समयसम्म कायम राखे होला । तर वास्वतमा क्याष्ट्रो आफ्नो देश र जनता सेवामा निरन्तर लाग्ने नेता थिए जसले दृढतापूर्वक समाजवादी क्यूबाको हिफाजात गरेका थिए र त्यसलाई सुदृढ तुल्याएका थिए ।
फिडलेका जीवन र कार्यमा जुन अर्को एउटा कम्युनिष्ट क्रान्तिाकारीको निशाना हामीले देख्न सक्तछौ त्यो हो यस अनुलंघनीय लेनिनवादी सिद्धान्तलाई लागु गर्ने उनको अनथक प्रयास कि द्वन्द्वबादको सार – ‘ठोस परिस्थितिको ठोस बिश्लेषण’ हो । सोभियत संघको पराभावको असंदिग्धरुपले क्यूबाको अर्थब्यबस्था र क्यूबाली समाजबादलाई अत्यन्तै पंगु बनाउने किसिमले प्रहार गरेको थियो । बिश्वमा बहुत कमै मानिस रहे होलान् जसलाई यसमाथि अलिकति पनि भरोसा र बिश्वास थियो होला कि समाजवादी क्यूवाले यो अपूर्व धक्कालाई झेल्न सक्नेछ । त्यतिबेला अन्तर्राष्ट्रिय समाचारपत्र ‘टाइम’ले त यस सम्बन्धमा आफ्नो कभर पेजमै फिडेलको एउटा तस्वीर छापेर के क्याप्सन समेत राखेको थियो भने ‘क्याष्ट्रोको क्यूवा ः एउटा सपनाको अन्त्य’ ।
हुन पनि सोभियत संघको बिघटन पछि त्यो संघमा मात्र आयातमा बढी भर परेको क्यूवाली अर्थतन्त्रले नयाँ बाटोको खोजी गर्नु नै पर्ने थियो । त्यो बाटोको निर्णायक खोजी पनि कमरेड क्याष्ट्रोले नै गरेका हुन् । सोभियत संघको बिघटन र बिखण्डन पछि एकाएक आयात बन्द भएर हाहाकारको अबस्थमा परेको क्यूवा खाशगरी तेलको आयात बन्द हुदा पंगु जस्तै बनेको थियो । त्यसले गर्दा वास्तवमा समाजबादी क्यूवाको चक्का झण्डझण्डै जाम भइ नै सकेको थियो । तर क्याष्ट्रोले त्यसबाट बाहिर निस्कने बैकल्पिक बाटोको खोजी गरेका थिए र त्यसमा सफलता पनि हासिल गरे ।
अमेरिकी साम्राज्यवादको अमानबीय र आपराधिक नाकाबन्दीले गर्दा क्यूबालाई अरु देशहरुसँग ब्यापारी कारोबार गर्ने बाटो अबरुद्ध बनेको थियो । त्यस अबस्थामा क्यूबालाई आर्थिकरुपले आत्मनिर्भर बनाउन र त्यसलाई सुनिश्चित तुल्याउन आफ्नै किसिमको बाटो अबलम्बन गर्नै पर्ने थियो । हुन पनि त्यतिबेलासम्म क्यूबा ‘एक–बाली अर्थव्यवस्था’ जस्तै बनेको थियो र प्रायः पूर्णरुपमा ऊखु उत्पादन खेतीमा निर्भररहेको थियो । त्यस्तो अबस्थमा फिडेल क्याष्ट्रोका मासिनहरु जसलाई ‘रेड डस्ट’ भनिन्छ तिनले आमेरिकी नाकाबन्दी र चौतर्फी घेराउको सामना गर्दै बन्धु ल्याटिन अमेरिकी राष्ट्रहरुकासाथ आर्थिक सम्वन्ध बढाउने, बिस्तारगर्ने, आर्थिक बिकल्पतिर अग्रसर भएर अर्थतन्त्रलाई बचाउने र अघि बढाउने बाटो लिए । आर्थिक मात्र होइन क्यूबामा सोभियत संघ बिघटनको असर अरु बिभिन्न क्षेत्रमा परेको थियो । त्यसको सही किसिमले सामना गर्न र क्रान्तिलाई बचाउन त्यहाँको प्रतिभाशाली जनता जो बढ्दो संख्यामा एकजुट, शिक्षित र लडाकु पनि छन् तिनको समर्थनमा सफलता हासिल गर्न कम्मर कसेर क्यूवा क्याष्ट्रोको बिश्वासिलो नेतृत्वमा रातोदिन लागेको थियो र सफल भयो पनि ।
अनि अन्त्यमा स्वेच्छाले राष्ट्राध्यक्षको जिम्मेवारी २००८ मा र पार्टी प्रमुखको पनि जिम्मेवारी २०११ मा छोडेर आफुभन्दा कनिष्ठलाई सुम्पे पछि पनि फिडेलले ‘रिफ्लेक्शन’ को माध्यमले प्रायः जबैजसो महत्वपूर्ण घटनाक्रमहरु जुन आन्तरिक र बाह्य पनि थिए, मा आफ्नो रायसल्लाह दिने काम गर्न छाडेनन् । वास्तवमा एउटा साच्चो सत्यनिष्ठ क्रान्तिकारी भएको नाताले फिडेलको दिलचस्पी र सोचाइको दायर अत्यन्तै बिस्तृत थियो । बिज्ञान तथा प्रबिधिका सबैभन्दा पछिल्ला बिकसित प्रगतिहरुदेखि लिएर सौन्दर्यशास्त्रसम्म अनि धर्म एवं इश्वर र मानिसको सम्वन्धसम्मका जटील बिषयमा निक्कै आश्चर्यलाग्दो रुपमा उनले गहिरो चाख राख्दथे र अध्यययन गर्ने, चर्चा गर्ने क्षमता राख्दथे र चर्चा गर्ने गर्दथे भन्ने जानकारहरु उल्लेख गर्दछन् । हुन पनि यही उनको बहुबिषयक ज्ञान र जानकारीका कारणले समेत उनलाई सधैं नै एउटा चुम्बकीय ब्यक्तित्व पनि बनायो र त्यसलाई कायम पनि राख्यो । भनिन्छ, यो उनको महान् बौद्धिकताको नै प्रमाण हो कि उनले आफ्नो समयका कतिपय उच्च सिर्जनात्मक बिश्व प्रतिभाहरुसँग आफ्नो निजी संवाद पनि चलाउने गरेका थिए । त्यसरी उनले सम्वाद चलाएका ब्यक्तित्वहरुको सूचीमा यस्तो बिभिन्न बौद्धिक प्रतिभाका अतिरिक्त अर्नेष्टो हेमिङ्गवे, ज्या पाल सात्र, साइमन द बुवा, पाब्लो नेरुदा, ग्राबिएल गार्सिया मार्खेज, खोसे सारामागो जस्ता बिश्व चर्चित बिभिन्न प्रतिभाहरु थिए । वास्तवमा फिडेलेको यही गुणको प्रभाव थियो कि सम्पूर्ण ल्याटिन अमेरिकामा साम्राज्यवाद बिरोधी लोकप्रिय संघर्षहरुलाई ऊर्जा प्रदान गर्नमा फिडेल र क्यूबाली क्रान्तिले धूरीकोकाम गरेको थियो ।
यस प्रकार क्यूबामा आन्तरिकरुपमा र बाह्यरुपमा जन दुष्मनहरुसँग निरन्तर संघर्ष गर्दै रहनुपर्ने बाध्यता रहेको र लडिरहेको भए पनि फिडेलले कुनै क्षण पनि सर्बहाराअन्तर्राष्ट्रबादका आधारभूत कम्युनिष्ट सिद्धान्तलाई आफ्नो आँखाबाट ओझेल पर्न कीमार्थ दिएनन् । क्यूबाका चिकित्सकहरु, शिक्षकहरु तथा सैनिकहरुले लामोलामो दूरी पारगरेर अफ्रिकामा अन्तर्राष्ट्रिय मिशनहरु सफलतापूर्वक चलाए । त्यस क्रममा दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया, मोजाम्बिक तथा अन्य बिभिन्न देशहरुमा आफ्नो मुक्तिका लागि लडिरहेका जनतालाई क्यूबाले मद्दत पु¥याएको थियो । यसरी कमरेड फिडेल क्याष्ट्रोको जीवन र कार्य के कुराको गौरबय प्रमाण हुन् भने एउटा कम्युनिष्ट क्रान्तिकारी एक उच्च कोटीको असल मानिस हुने गर्दछन् । तिनीहरु हाहाहुुहुमा चल्दैनन् । उच्च ज्ञान, दूरदर्शिता र तदनुकूलको ठोस् ब्यबार नै तिनको आचरण हुने गर्दछ । क्यूवाली क्रान्तिका महानायक क्याष्ट्रोलाई समाधिस्थ गरिएको दिन फेरि पनि एक पटक उच्च सम्मानकासाथ उनीप्रति श्रद्धा सुमन !

तपाईको प्रतिक्रिया