Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

लुम्बिनी – रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँचजनामा देखिएको डेङ्गुको सङ्क्रमण आज शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

dengue-455x290

जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भए पनि, नियन्त्रण प्रभावकारी बन्न नसक्दा ड्ङ्गुका बिरामी बढदै गएको बताउनुभयो ।

जनस्वास्थ्य कार्यालयले जिल्लाभर ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरे पनि त्यो प्रभावकारी देखिएको पाइएन ।

डेङ्गुले तराईका जिल्लामा प्रकोपको रुप लिन थालेको छ । लामखुट्टे निष्क्रिय हुन तापक्रम १६ डिग्रीभन्दा तल हुनुपर्छ’ शाहले भन्नुभयो, “रुपन्देहीको तापक्रम २० भन्दा तल झर्न गाह्रो छ ।’

रुपन्देहीमा डेङ्गु पूर्णरुपमा नियन्त्रण गर्न चुनौती देखियो” शाहले भन्नुभयो । बुटवलमा ३५, भैरहवामा १५, सैनामैनामा ३, तिलोत्तमामा १५, देवदहमा दुई, लुम्बिनी सांस्कृतिक नगरपालिकामा तीन, रुद्रपुरमा दुई र अन्य बिरामी, गुल्मी, पाल्पा, अर्घाखा“ची र बाग्लुङबाट रुपन्देहीमा आएका व्यक्तिमा देखिएको शाहले जानकारी दिनुभयो ।

सङ्क्रमित बिरामीको लुम्बिनी अञ्चल अस्पताल बुटवल, बुटवल हस्पिटल प्रालि, मेडिटेक हस्पिटल प्रालि, सिद्धाथसिटी हस्पिटल भैरहवा र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचार भइरहेको कार्यालयको भनाइ छ ।

सङ्क्रमित बिरामीमध्ये कसैको पनि ज्यान नगएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गुको लक्षण देखिनेबित्तिकै नियमित स्वास्थकर्मीको निगरानीमा रहे डेङ्गु रोग निको हुने चिकित्सको भनाइ छ ।

तपाईको प्रतिक्रिया