Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – राष्ट्रिय जनमुक्ति पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टीले नौ दलीय मोर्चाबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

88

राष्ट्रिय मुद्दा लिएर निरन्तर जनताकोबिचमा उभिने पार्टीका मागहरूलाई बुझ्ने समय प्रधानमन्त्रीसँग नभएको र प्रधानमन्त्रीले समय नदिएको भन्दै पार्टीका अध्यक्ष खड्कप्रसाद पालुङ्गाले कडा आपत्ति प्रकट गर्नुभयो ।

‘नौ दलीय मोर्चासँग हाम्रो बिचार मिलेन, त्यसैले हामी गठबन्धनबाट बाहिरिएका हाैँ, जनतासँग जोडिएका हरेक विषय संविधानमा नसमेटिएको कारण हामीले विरोध गरयौं, नौ दलीय मोर्चाका मागहरू सम्बोधन गराउनको लागि कुनै ठोस कदम नचालेको परिस्थितिमा गठबन्धन र सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडकमा शान्तिपूर्ण तरिकाले आन्दोलन गर्नेमा पुगेका छौं’ उहाँले भन्नुभयो ।

संविधानमा आउनुपर्ने बिषयहरू नआएको र अधिकांश जनताले संविधान स्वीकार नगरेको उहाँको धारणा छ । ‘सभामुखलाई ज्ञापनपत्र बुझाएका छौँ, संविधान संशोधनको कुरा चलेको छ, हाम्रा २६ बुँदे मागहरू समावेश नगरिए तेस्रो जनआन्दोलन गर्ने हाम्रो आन्तरिक योजना छ ।’ उहाँले भ्रष्टाचारीलाई छुट दिँदा जनतामा नैराश्यता छाएको भन्दै यस्ता गलत गतिविधि पूर्णरुपमा निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

पार्टीले संघीयताको मूल मर्म अवशिष्टअधिकार प्रदेशमा हुनुपर्ने, बेरोजगारलाई भत्ताको व्यबस्था गर्नुपर्ने, आदिवासी, दलित, मधेसीलगायत महिलाहरूको पहिचान हुने गरि संवैधानिक व्यबस्था गरिनुपर्ने लगायता २६ बुँदे मागहरू अघि सारेको छ । ***

तपाईको प्रतिक्रिया