Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

 काठमाडौं  –  दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव आजदेखि राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ ।  यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नगरा बजाएर महोत्सवको उद्घाटन गर्नुभयो । नेपाल नौमती–पञ्चेबाजा प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले आयोजना गरेको दुई दिने महोत्सवको आज पहिलो दिन पञ्चेबाजाका विभिन्न राग र धुन प्रस्तुत गरिएको थियो ।

रामेछाप, धादिङ, ललितपुरलगायत करिब आठ जिल्लाका टोलीले मंगल, पल्टनिया धुन, बिहानचरी, बेहुली माग्ने धुन, अन्माउने धुन, चौतल धुन, नेवारी ख्याली, मालश्री रागलगायत नौमती तथा पञ्चेबाजाका प्रस्तुति दिएका थिए । त्यस्तै, कार्यक्रममा पञ्चम ब्यान्डको तर्फबाट सांस्कृतिक प्रस्तुति, दमाई नाच, हुड्के, छलियासहित विभिन्न कला प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालीको मौलिक संस्कृतिमा आधारित नौमती र पञ्चेबाजाको संरक्षण गर्दै यसलाई समयअनुकूल आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वैदिक कालभन्दा अघिदेखिको नौमती–पञ्चेबाजा संरक्षण र विस्तार आजको आवश्यकता हो । यसको जगेर्ना गर्नसके संस्कृति जोगिनुका साथै युवालाई पनि रोजगारी दिलाउन सकिने छ ।”

नौमती – पञ्चेबाजा प्रतिष्ठानका अध्यक्ष विनोद पहाडीले आफ्नो संस्था राजनीतिक र जातीय हिसाबले सबैको साझा बनाउने प्रयत्नमा लागेको बताउँदै नौमती–पञ्चेबाजा संरक्षणका लागि राज्यबाटै बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नौमती–पञ्चेबाजाको संरक्षणमा दमाई समुदायमात्र नभएर सबै समुदाय हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस ***

तपाईको प्रतिक्रिया