Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

लुम्बिनी – रूपन्देहीमा मङ्गलबारसम्ममा ३६ जना डेङ्गु रोगबाट सङ्क्रमित भएको पाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा यती धेरै सङ्क्रमित फेला परेको यो पहिलो पटक हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सङ्क्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन् । बुटवलभित्र मात्रै झन्डै २० जना बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ती बिरामीको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, बुटवल हस्पिटल प्रालि, मर्सिसिटी अस्पताल, आम्दा अस्पताललगायतका निजी अस्पतालमा उपचार भइरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको लक्षण थाहा पाएपछि अस्पताल पुगेका बिरामी सफल उपचारपछि घर फर्किएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो तीन वर्षयता सबैभन्दा बढी डेङ्गु रोगका सङ्क्रमित फेला परेका हुन् । निरीक्षक शाहका अनुसार रूपन्देहीमा २०७१ मा नौजना र २०७२ सालमा पाँचजना मात्रै डेङ्गु रोगी फेला परेका थिए ।

यो वर्ष भने यो सङ्ख्या अझै बढ्न सक्ने जानकारहरू बताउँछन् । डेङ्गुका बिरामी अप्रत्याशित तरिकाले बढेपछि कार्यालयले रोगबाट बच्ने उपाय र सोको लक्षणबारे जानकारी दिँदै आएको छ । कार्यालयले सम्बन्धित नगरपालिका तथा महिला स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गर्दै घरदैलो अभियानलाई तीव्र पारेको छ । कार्यालयका अनुसार महिला स्वयम् सेविकामार्फत बुटवल उपमहानगरपालिका अन्तर्गतका वडा नम्बर १ देखि १५ सम्म घरदैलो कार्यक्रममा सो रोगका लक्षण बच्ने उपायको जानकारी दिइएको छ ।

रूपन्देहीमा डेङ्गू रोगका बिरामी अप्रत्याशित रुपमा बढेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका जनरल फिजिसियन डा प्रवीन खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा दिनहुँ उपचारका लागि आइरहेका बिरामीमा एनएसवानएजी रियाक्टिभ देखिएको र ती बिरामी रोगको सुरुवाती अवस्थामा छन् भने कतिपय बिरामीमा आइजिएम पोजिटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया