Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

भक्तपुर –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मधेशमा दुई प्रदेशसहित विभिन्न मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबाहेक अन्य महत्वपूर्ण पदमा जानसक्ने गरी संविधान संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले नेपाललाई हिन्दू राष्ट्र बनाउने राजनीतिक एजेन्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच छिटै पार्टी एकीकरण हुने बताउनुभयो ।

उहाँले आफू निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा निर्देशन समितिको निर्णय कार्यान्वयन गर्ने अध्यक्ष बन्ने गरी पदीय बाँडफाँडसमेत मिलिसकेको उल्लेख गर्नुभयो । अध्यक्ष जबराले पुरानै संरचनाअनुरुप स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै स्थानीय निकायको निर्वाचनपछि मात्र स्थानीय तहको पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको कुटनीतिक पक्षमा दक्षिण तर्फको सम्बन्ध सुधार भएको भन्दै उत्तरसँगको सम्बन्ध बाहिर आएजस्तो नबिग्रिएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया