Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको संयुक्त बैठकले दुबै पार्टीका एकीकरणका लागि यही मङ्सिर ६ गते गरिने घोषणा सभालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ ।

धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको बैठकले दुबै पार्टीबाट १२–१२ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसम्पादन समिति तथा १५०–१५० प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति बनाउने निर्णय गरेको छ ।

त्यसैगरी एकीकरणपछि दुबै पार्टी एक भएको सूचना निर्वाचन आयोगमा दिने बारेमा समेत छलफल गरिएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।  बैठकमा राप्रपा नेपालका नेतृत्व उपाध्यक्ष राजीव पराजुली तथा राप्रपाको नेतृत्व महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहरालगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया