Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सरकारले परीक्षणका रूपमा काठमाडौं उपत्यकामा सुरु गरिएको लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिने जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकामा जस्तै देशका अन्य भागमा समेत लोडसेडिङमुक्त अभियान सुरु गर्ने बताए ।janardann

उनले प्राप्त भएकै स्रोतलाई परिचालन गरेर परीक्षणका रूपमा काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गरिएको उल्लेख गर्दै त्यसलाई जारी राख्ने तयारी भइरहेको बताए । उनले दसैं–तिहारदेखि जारी रहेको लोडसेडिङमुक्त अभियानलाई सार्थक बनाउन विद्यत् प्राधिकरणले प्राविधिक तयारी गरिरहेको, वैकल्पिक स्रोतको पहिचान र भारतबाट थप बिजुली आयात गर्ने पहल भइरहेको दाबी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री शर्माको काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गर्न दिएको निर्देशन पूरा गर्न प्राधिकरणले नदीको बहावमा आधारित (रन अफ रिभर) आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको समयमा समेत कुलेखानी जलाशययुक्त आयोजना दिनहुँ तीन घन्टासम्म चलाइरहेको र औद्योगिक करिडोरमा बढी समय विद्युत् कटौती गरिरहेको दाबी ऊर्जा मन्त्रालयकै अधिकारीको छ ।

हिउँदयाम र चैत–वैशाखलाई साँचेर राख्नुपर्ने कुलेखानी आयोजना अहिल्यै चलाउँदा पछि बढी लोडसेडिङ हुने चिन्तासमेत ती अधिकारीले व्यक्त गरे । ती अधिकारीका अनुसार अघिल्ला वर्षहरूमा कुलेखानी नदीको पानीको बहावमा आधारित आयोजनामा बहाव घटेर विद्युत् उत्पादन कम भई बढी समय लोडसेडिङ हुने हिउँदयाम र चैत–वैशाखमा मात्र चलाउने गरिन्थ्यो । यस वर्ष प्राधिकरणले दसैंदेखि नै दिनहुँ साँझमा कुलेखानी दुईदेखि तीन घन्टा चलाएर विद्युत् उत्पादन गरिरहेको छ । यसबारेमा सञ्चारकर्मीहरूले जिज्ञासा राख्दा मन्त्री शर्माले कुलेखानीको पानी सिध्याउने र उपत्यका बाहिर लोडसेडिङ थप गरेर काठमाडौंमा नियमित विद्युत् दिइएको भन्ने कुरामा सत्यता नरहेको दाबी गरे ।

उनले आमजनता अँध्यारामा बस्नुनपरोस् भनेर पिक आवर अर्थात साँझको समयमा मात्र तीन घण्टा औद्योगिक करिडोरहरूमा लोडसेडिङ गर्ने गरिएको भने स्वीकार गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया