आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

पाकिस्तान – पाकिस्तानले काश्मिरको विषयलाई लिएर भारतले लगातार झुट फैलाइरहेको बताएको छ । जम्मु–काश्मिर तथा त्यसको विषयलाई लिएर भारतसँग बढ्दै गएको तनावका विषयमा पाकिस्तानका प्रमुख राजनीतिक दलबिच छलफल भएको छ ।

pp

बैठकमा प्रधानमन्त्री नवाज शरिफको पाटी पाकिस्तान मुस्लिम लिग, प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टी पिपिपी र इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टी सहभागी थिए ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा पाकिस्तानका राजनीतिक दलले काश्मिरमा लगातार निर्दोष मानिसको हत्या भइरहेको भन्दै त्यसको निन्दा गरिएको छ । यो मानवधिकार र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन रहेको वक्तव्यमा उल्लेख छ ।

पछिल्लो ८७ दिनमा भारत प्रशासित काश्मिरमा एक सय १० जनाको ज्यान गएको पाकिस्तानले बताएको छ । यस्तै प्यालेट बन्दुकको प्रयोगका कारण सात सय भन्दा धेरैको आँखाको दृष्टि गुमेको पाकिस्तानको भनाई छ ।

नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक भएको भन्ने भारतको दाबी पाकिस्तानले खारेज गरेको छ । भारत प्रशासित काश्मिरबाट अन्तर्राष्ट्रिय समुदायको ध्यान हटाउनका लागि भारतले लगातार झुट फैलाइरहेको पाकिस्तानी राजनीतिक दलले आरोप लगाएका छन् ।

भारतले नियन्त्रण रेखामा गरेको गोलबारीका कारण तनाव बढेको पाकिस्तानले बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलन स्थागित हुनुमा भारत कारक रहेको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया