Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

चितवन – रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिनुभयो । अस्पताल आएपछि केही ठीक भयो । घर गएर आराम गर्न थाल्नुभएका उहाँमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै नभएको जस्तो लाग्न थाल्थ्यो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

joro

अनि उहाँलाई चित्त बुझेन र फेरि डेङ्गु पो हो कि भनेर शङ्काले आइतबार रत्ननगर बकुलहर अस्पतालमा डेङ्गु परीक्षणका लागि आउनुभएको छ ।

ढकाल भन्नुहुन्छ – “गाउँभरि डेङ्गु र ज्वरोका बिरामी छन्, मलाइ पनि डेङ्गु लागेको हो कि भनेर पुनः परीक्षणमा आएको ।”

रत्ननगरकै लक्ष्मी सेन्च्युरीलाई हनहन्ती १०५ ज्वरो आएको छ । उहाँ अस्पताल श्ययामा हुनुहुन्छ । उहाँको उपचारका लागि आफन्त आशमायाँ विक कुरुवा भएर आउनुभएको छ । लक्ष्मीको पनि डेङ्गुको आशङ्कामा रगत परीक्षण भइरहेको छ । “यो डेङ्गु गाउँभरि छ, गाउँका धेरै मान्छे अहिले बिरामी भएर सुतिरहेका छन्,” आशमायाँले भन्नुभयो – “सरकारले नियन्त्रण गर्नुप¥यो ।”

गाउँटोलभरि ज्वरो फैलिएपछि रत्ननगर टोल विकास संस्था समन्वय समितिका सचिव प्रताप डल्लाकोटी र शिक्षक गोपीलाल श्रेष्ठले बजार क्षेत्रको अवस्था अध्ययन गर्नुभयो । हरेक मेडिकल अस्पतालमा बिरामीको उत्तिकै चाप रहेको र आएका जति ज्वरोका बिरामी रहेको डल्लाकोटीले जानकारी दिनुभयो । तत्कालै नियन्त्रण अभियान नचलाए रत्ननगरमा महामारी फैलने खतरा रहेको डल्लाकोटी आशङ्का गर्नुहुन्छ ।
अस्पतालमा भेटिएका बिरामी ढकाल र बिरामीका आफन्त आशमायाँको भनाइमा पनि रत्ननगरका बजार क्षेत्रका विभिन्न टोलमा अहिले ज्वरोको प्रकोप फैलिएको छ । रत्ननगर अस्पतालको बिरामी अभिलेख शाखाकी अहेब विमला शर्मा अहिले बिरामीको चाप अस्पतालमा बढेको बताउनुुन्छ ।

भदौ १६ गते अस्पतालमा १३४ जना बिरामी उपचारका लागि आएका थिए । एक महिनापछि असोजको १६ गते उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेर २८४ पुगेको शर्माले जानकारी दिनुभयो । आएका पनि धेरै ज्वरोका बिरामी छन् । यसले पनि बिरामीको चाप बढेको देखाउँछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइराला रत्ननगरमा गरिएको अनुगमनमा ज्वरोका बिरामी प्रशस्तै देखिएको र उनीहरुमध्ये अस्पताल आएका धेरैलाई डेङ्गु भएको बताउनुहुन्छ । अहिले डेङ्गुको नियन्त्रण अभियान थालिएको छ ।

तपाईको प्रतिक्रिया