Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – दसैं हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाट पौड्यालले लेख्नुभयो, ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा । raining

पछिल्ला वर्षमा भने पौड्यालले भनेजस्तो दसैं हुन छाडेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । दसैंलाई वर्षा तथा प्राकृतिक प्रकोपले खल्लो बनाइदिएका उदाहरण धेरै छन् । यसपालिको दसैंचाहिँ कस्तो हुन्छ ? जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानबेलुका छिटपुट वर्षा भएपनि टीका लगाउने दिन मौसम पूर्ण सफा रहनेछ ।

मौसमविद् वरुण पौडेलले भन्नुभयो,‘मनसुन अति कमजोर अवस्थामा पुगेको छ । ठुलो पानी पर्ने सम्भावनै छैन ।’ बुधवारसम्ममा मनसुन कमजोर भइसक्ने अनुमान छ । मनसुन बिदा हुने बेलामा देखिने पश्चिमी वायु क्रमशः पूर्वतर्फ सरेको महाशाखाले जनाएको छ ।

बिहानबेलुका गड्याङगुडुङ हुने तथा क्षणिक वर्षा हुने सम्भावना भने रहिरहनेछ ।

तपाईको प्रतिक्रिया