Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – भक्तपुर तलेजुका लागि च्यान्टे घोडा उपलब्ध भएको छ । भक्तपुर, जेला निवासी कृष्णगोपाल प्याठले निजी रूपमा पालेको घोडा तलेजुको बाहनका लागि दिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

गत वर्ष तलेजुको घोडा दसैँका बेला जात्रा निकाल्दा दुर्घटनामा परी मरेको थियो । एक वर्षको प्रयासपछि दाता प्याठले घोडा उपलब्ध गराएका हुन् । घोडालाई पूजाअर्चनाका साथ तलेजुमा राखिएको छ ।

तलेजुलाई सेतै घोडा चाहिने भएकाले उपलब्ध हुन कठिन भइरहेको थियो ।

तपाईको प्रतिक्रिया