आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

इस्लामावाद – भारतसँगको सम्बन्धमा चिसोपन आएसँगै पाकिस्तानले भारतीय विमानलाई लक्षित गर्दै नयाँ हवाई नियम लागू गरेको छ ।

पाकिस्तानले आफ्नो मुलुकको लगभग पुरै आकाशमा नयाँ नियम लगाएको हो । यो नियमअनुसार पाकिस्तानी आकाशमा व्यावसायिक उडान भर्ने विमानले कम्तीमा २९ हजार फिटभन्दा तल उड्न पाउने छैनन् ।

पाकिस्तान सरकारले लाहोर हवाई मार्गलाई लक्षित गर्दै यो नियम लागू गरेको हो । लाहोरमा पाकिस्तानको परमाणु हतियार रहेको बताइन्छ । यसअघि कराँचीको आकाशमार्गमा ३३ हजार फिटभन्दा तल विमानलाई उडान भर्न रोक लगाइएको थियो । लाहोरमा ३१ अक्टोबरसम्मका लागि भन्दै सरकारले २९ हजार फिटभन्दा तल व्यावसायिक विमान उड्न रोक लगाएको हो ।

पाकिस्तानमा लगाइएको नयाँ विमान नियमले भारतीय विमानहरु बढी प्रभावित हुने बताइएको छ । भारतबाट पश्चिमा मुलुक तथा खाडी मुलुक जाने विमान पाकिस्तानी आकाशमार्ग प्रयोग गर्दछन् । नयाँ नियमअनुसार भारतीय विमानलाई गत्नव्यमा जान केही समय बढी लाग्ने विश्लेषकहरुको भनाइ छ ।

पाकिस्तानी सैन्य स्रोतका अनुसार हवाई सेनाका विमानहरु अभ्यासमा जुट्ने भएका कारण पाकिस्तानी आकाशमा नयाँ नियम लगाइएको हो । यद्यपि नयाँ नियमबारे पाकिस्तानी सरकारले स्पष्ट कारण खुलाएको छैन ।

तपाईको प्रतिक्रिया