आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

एलेप्पो – लगातारको हवाई आक्रमणका कारण सिरियाको एलेप्पोमा रहेको सबै भन्दा ठूलो अस्पताल बन्द भएको छ । रुस तथा सिरियाका लडाकु विमानले गरेको हवाई आक्रमणका कारण अस्पताल बन्द भएको स्वास्थ्य सहयोगी संस्थाले बताएको छ ।

1

सिरियन अमेरिकन मेडिकल सोसाइटीको सहयोगमा सञ्चालित अस्पताल बन्द भएको हो । अस्तालमा ब्यारेल बम आक्रमण भएको सोसाइटीले जनाएको छ । एलेप्पोको रहेको ट्रमा अस्पताल एम १० मा शनिबार आक्रमण भएको हो ।

अस्तालले अहिले सबै सेवा पूर्णरुपमा बन्द गरेको अस्तालका रेडियोजोजिस्ट मोहम्मद अबु राजबलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । बम आक्रमणका कारण अस्पतालको पर्खाल, भौतिकपूर्वाधार, विभिन्न सामग्री तथा जेनेरेटरमा क्षति पुगेको छ ।

आक्रमणका कारण अस्पतालमा उपचारत दुई जनाको ज्यान गएको तथा अन्य १० जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाका प्रवक्ताले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । रुसको साथ पाएका सिरियाली सैनिकले एलेप्पोको ऐतिहासिक पुरोनो शहरमा पनि आक्रमण गरेका छन् । एलेप्पोका विभिन्न क्षेत्रमा सरकारी सेना र विपक्षीबिच झडप हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया