Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेरै भए । हिमानीको ४० औं जन्मदिन मनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र हिमानीलाई नचाउने पात्र पाहुनाहरु नै थिए ।

सुनाकोठीबाट सोल्टी पुग्नुभएका पारस र निर्मल निवासबाट सोल्टी होटल पुग्नुभएकी  हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसक्नुभएको थियो । नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो ।

पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया