आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काश्मिर – संयुक्त राष्ट्रसंघले काश्मिरमा आफ्नो सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको भारतको दाबीमाथि प्रश्न गर्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । भारतले जम्मु–काश्मिरको आफ्नो नियन्त्रणमा रहेको रेखामा रहेका बिद्रोहीका अखडा नष्ट गर्न सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो ।

1

तर पाकिस्तानले भने त्यस्तो कुनै स्ट्राइक नभएको र नियममित जस्तै झडप रहेको बताएको थियो । राष्ट्रसंघले पनि भारतीय दाबी माथि प्रश्न उठाएको हो । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनका प्रवक्ता स्टीफन डुजारिकले राष्ट्रसंघको सैन्य निगरानी समूहले भारत र पाकिस्तानको नियन्त्रण रेखामा गोलीकाण्ड भएको नदेखिएको बताउनुभयो ।

2

युद्धविराम उल्लंघन भएको जानकारी आएपनि त्यसबारे स्पष्ट नभएको र निगरानी समूहले सम्बन्धित अधिकारीसँग कुराकानी गरिरहेको महासचिव बानका प्रवक्ता डुजारिकले बताउनुभयो । भारत र पाकिस्तानमा सन् १९७१ मा युद्धविराम लागु भएको थियो ।

राष्ट्रसंघको निगरानी दलले यसको निगरानी गर्दै आएको छ । तर राष्ट्रसंघका लागि राजदूत सैय्यद अकबरउद्दीनले राष्ट्रसंघको दाबीलाई खारेज गर्दै नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक भएको बताउनुभयो ।

तर पाकिस्तानले भने नियन्त्रण रेखामा त्यस्तो कुनै घटना नभएको बताएको छ । नियमति हुने जस्तै आक्रमणमा आफ्ना दुई सैनिक मारिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया