बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । बडादशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । 1

आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ पनि हुने गर्दछ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङकुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने चलन छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको छ ।

यसै विषयमा घटस्थापनाको महत्त्व र समग्र दशैंसँग सम्बन्धित रहेर समुद्रपारि विशेषका लागि सहकर्मी शिव श्रेष्ठले नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमसँग गर्नुभएको कुराकानी :

तपाईको प्रतिक्रिया