Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – काभ्रे जिल्लाका अधिकांश गाउँ विकास समितिको कार्यालयले दोहोरो भाडा तिर्ने गरेका छन् । गाउँ र सदरमुकाममा सचिवहरुले कार्यालय प्रयोजनका लागि भन्दै दुवै स्थानमा कोठा लिएर कार्यालय सञ्चालन गरी दोहोरो भाडा तिर्ने गरेका हुन् ।

1

गाविस सचिवहरु सदरमुकाम केन्द्रित भएपछि अधिकांश गाविसले दोहोरो भाडा तिर्ने गरेका छन् ।  द्वन्द्वकालमा विद्रोही पक्षले गाविस भवनमा तोडफोड गरेपछि भवन पुनर्निर्माण नभएकाले दोहोरो भाडा तिर्नुपरेको गाविस सचिवको भनाइ छ ।

‘सेवाग्राहीलाई गाएँभन्दा सदरमुकाबाट सहज हुने भद्धएकाले सदरमुकामबाटै सेवा दिइरहेका छौं, एक गाविस सचिवले भने, सानो काम विग्रिए पनि गाउँ फर्कनुभन्दा सदरमुकाममै गर्न सजिलो हुन्छ । ‘

प्रशासन कार्यालयको असापासमा ३र४ गाविसका कार्यलयले एउटै कोठमाबाट दैनिक कार्य सञ्चालन गर्नै आएका छन् । अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया