Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – चीनले पनि नेपालमा महिलालाई राजदूतका रूपमा पठाउने भएपछि काठमाडौँमा विदेशी महिला राजदूतको संख्या आठ पुग्ने भएको छ । यतिबेला नेपालका लागि विश्व शक्तिराष्ट्र अमेरिकाकी राजदूतको रूपमा अलैना वि. टेप्लिज छन् ।

सायद यही दृष्टान्त हेरेर होला शक्ति राष्ट्र बन्ने बाटोमा अग्रसर चीनले पनि महिलालाई नै राजदूत नियुक्ति गर्ने तयारी गरेको छ । नेपालका लागि चीनको २० औँ राजदूतको रूपमा यु होङ नेपाल आउने हुनुभएको छ । सरकारले उनको नाममा सहमति दिएलगत्तै उनी मङ्सिरमा नेपाल आउनेछिन् । चीनले नेपालमा पहिलो पटक महिला कूटनीतिज्ञ पठाउन लागेको हो । इन्डोनेसियाको सुरायावमा महाबाणिज्य दूत रहेकी ५१ वर्षीय प्रस्तावित चिनियाँ राजदूत यु एसिया मामिला विज्ञ हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ । अमेरिकाबाहेक अहिले नेपालमा युरोपियन युनियन (ईयू) को राजदूत र राष्ट्रसंघको आवासीय प्रतिनिधि पनि महिला नै छन् ।yu-hong-57e9d6c149d7f8-24788407

सार्क मुलुकहरू श्रीलंका र बङ्गलादेश तथा आर्थिक शक्तिका रूपमा उदाइरहेको ब्राजिलकी राजदूत पनि महिला नै छन् । अमेरिकाबाट अलैना, श्रीलंकाबाट डब्लु स्र्वनलथा परेरा, इयूबाट रिन्छे टेरेन्क, बङ्गलादेशबाट मस्फि विन्टु साम, ब्राजिलबाट मारिया मेस्क्वेटा पेसोअ र राष्ट्रसंघकी आवासीय प्रतिनिधिमा भ्यालेराइन जुलियान्ड छन् । त्यस्तै डेनमार्कको नियोग प्रमुख पनि महिला नै छन् । डेनमार्कले यसै वर्षदेखि राजदूत स्तरबाट घटाएर सार्जे स्तर बनाएको हो । सन् २०१७ मा डेनमार्कले नेपालमा दूतावास नै बन्द गर्ने जानकारी सरकारलाई गराईसकेको छ । उपप्रमुखको रूपमा इन्ग्रीड दहल–माड्सनले दूतावासको नेतृत्व सम्हालेकी छन् ।

फिनल्याण्ड, डेनमार्क, जर्मनी, थाइल्याण्ड र श्रीलंकाले यसअघि पनि महिला राजदूत पठाएका थिए । सन् १९६६ मा अमेरिकी राजदूतका रूपमा नेपाल आएकी क्यारोल सी लेस नेपाल आउने पहिलो महिला राजदूत हुनुहुन्छ । उनी सात वर्षसम्म नेपालमा अमेरिकी राजदूतको रूपमा रहेकी थिइन् । उहाँले नेपालमा नै विवाहसमेत गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया