Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई आज वार्तामा बोलाउनुभएको छ । संविधान संशोधनमा सरकारले उदासिनता देखाएको भन्दै असन्तुष्ट रहेको मधेसी मोर्चालाई प्रधानमन्त्री पुष्पकमल दाहालले आज वार्तामा बोलाउनुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बोलाइएको बैठकमा मोर्चाले अघि सारेको मागका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आफ्ना माग सम्बोधनका लागी संविधान संशोधनमा बाहिर प्रचार गरिए जस्तो प्रगति नभएको निष्कर्ष निकालेको मोर्चाले सरकारको अन्तिम धारणा माग गर्ने निर्णय गरेको भोलि पल्टै प्रधानमन्त्री दाहालले मधेसी नेताहरूलाई छलफलमा बोलाउनुभएको हो ।

प्रधानमन्त्रीसंगको आजको छलफलमा प्रमुख तीन दलबीच अस्ति भएको सहमतिबारे कुरा उठाइने मोर्चा निकट स्रोतको भनाइ छ । संविधान संशोधनका लागी सरकारलाई अल्टिमेटम दिइने भन्दै उहाँले त्यसपछि पनि मोर्चाको मागमा बेवास्ता गरिए सत्ता समर्थन फिर्ता हुन सक्ने चेतावनी मोर्चाले दिइसकेको छ ।

तपाईको प्रतिक्रिया