काठमाडौँ – नेकपा (एमाले) काठमाडौँको छैटौँ जिल्ला सम्मेलन अगामी पुसमा गर्ने निर्णय भएकोे छ ।
एमाले काठमाडौँ जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठकले अगामी पुसमा २३ र २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको कमिटीका प्रचार विभाग प्रमुख दीपक निरौलाले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटी बैठकले दिएको निर्देशनलाई जनस्तरमा पुर्याउने निर्णय समेत बैठकले गरेको जनाएको छ ।