Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – दुई महिना अगाडि नेपालबाट कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन् । युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भनेर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनेर युरोप छिरेपनि उनीहरूको सपना अधुरो हुने भएको हो । 2-1

धादिङ निलकण्ठ नगरपालिका स्थायी घर भई काठमाडौँमा बस्दै आएको कुमार लामा भन्ने राम कुमार तामाङले युरोपियन संस्थाको सांगीतिक कार्यक्रम र लक्समबर्ग सरकारको आमन्त्रण गरेको कार्यक्रमको लागि ३ जनालाई पठाएको थियो । यसरी युरोप छिर्नेमा धादिङका जगत थापा, दोलखाका जगत श्रेष्ठ, स्याङ्जाका अनिल कोइराला रहेका छन् ।तामाङले सांगीतिक कार्यक्रममा जानको लागि नेपालका चर्चित कलाकार अनिल सिंह लगायतको नाम प्रयोग गरेको थियो ।

नेपालमा रहदा ठगी गर्ने, किर्ते कागज गर्ने जस्ता अपराधिक गतिविधि गर्दै आएको दलाल तामाङ समूहमा संलग्न रहेको र यसको निरन्तरता स्वरूप पछिल्लो समय विदेशी संस्थाका समेत कागज किर्ते गरी युरोप छिरेका थिए ।

पोर्तुगलको गृह मन्त्रालयले चोरी, ठगी, कीर्ते गरी युरोप छिरेका ३ जना नेपालीलाई अध्यागमन कानुन अनुसार कानुनी कारबाही र देश फिर्ता गराउन सहमत जनाएको छ ।

तपाईको प्रतिक्रिया