Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रिय गौरवका १४ आयोजना विनियोजन बजेट खर्च गर्न असफल भएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २० वटालाई बजेट विनियोजन गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनामा परेर पनि पश्चिम सेती आयोजनालाई भने लगानीसम्बन्धी विवादका कारण बजेट विनियोजन गरिएको थिएन । अर्थ मन्त्रालयले प्रस्तुत गरेको आयोजनाको वार्षिक प्रगति विवरणमा यस्तो देखिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । राष्ट्रिय गौरवका आयोजनामध्ये दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निजगढ र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको बजेट तोकिएको अवधिमा एक रुपैयाँ पनि खर्च हुन सकेन । सरकारले दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि ५० करोड र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

बुढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग र पूर्वपश्चिम रेलमार्ग आयोजनाले बिनियोजन गरेको बजेटमध्ये ५० प्रतिशत पनि खर्च गर्न सकेको छैनन् । यी आयोजनाले क्रमशः ५ दशमलव ०६, ३० र ४१ दशमलव ७५ प्रतिशत मात्र खर्च गरेका छन् । राष्ट्रिय गौरवमा परेकामध्ये ६ वटा आयोजनाले भने खर्च गर्न सफल भएका छन् । केही आयोजनाले तोकिएको बजेटभन्दा धेरै खर्चसमेत गरेको प्रगति विवरणमा उल्लेख छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विनियोजन गरिएको दुई अर्बमध्ये यो वर्ष शतप्रतिशत खर्च गरेको छ । उत्तर दक्षिण लोकमार्ग कर्णाली, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी र उत्तर–दक्षिण लोकमार्ग कोसी कोरिडोरले समग्रमा एक सय ४८ प्रतिशत प्रगति गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया