Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा ५० हजारभन्दा धेरै गुनासा परेका छन् । १७ कात्तिक ०६८ देखि ६ असोजसम्म ५० हजार चार सय गुनासा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

सर्वसाधारणबाट परेका गुनासामध्येबाट अहिलेसम्म ९१ दशमलव ८१ प्रतिशत गुनासा फस्र्योट भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ‘सम्बोधन हुन लायक सबै उजुरीको ढिलोचाँडो सम्बोधन भएरै छाड्छ,’ उहाँले भन्नुभयो । ‘हेलो सरकार’ ले गुनासो हेरेर प्रत्यक्ष फोन गर्नेदेखि सम्बन्धित निकायलाई पत्र देखेर सम्बोधन गर्दै आएको छ । ‘हेलो सरकार’ मा सबैभन्दा धेरै उजुरी काठमाडौँ उपत्यकाबाट परेका छन् । hello-sarkar

मुलुकभरबाट आएका २० प्रतिशत गुनासा सम्बोधन गर्न नै नमिल्ने खालका हुने उपाध्यायको भनाइ छ । उहाँका अनुसार जिस्क्याउने, जोक गर्ने र झिँजो लाग्ने किसिमका गुनासा समेत आउने गरेको छ । हेलो सरकारमा धेरैजसो व्यक्तिगत लेनदेनमा समस्या परेका विषयमा धेरै गुनासा आउने गरेका छन् । दैनिक जीवनमा उपभोग गर्ने यातायात, विद्युत, सडक, महँगी, कृषकले बीउ, मल समयमा नपाएका जस्ता गुनासा आउने गरेका छन् ।

सरकारी कर्मचारीले भ्रष्टाचार गरेका उजुरी पनि धेरै आउने गरेका छन् । स्थानीयस्तरमा सडक, सिँचाइ, विद्यालय र स्वास्थ्य चौकीजस्ता क्षेत्रमा आर्थिक अनियमितता भएका गुनासा धेरै आउने गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया