Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – दाताको सहयोगमा सरकारद्वारा सञ्चालित सुनौला हजार कार्यक्रममा व्यापक भ्रष्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ ।

गर्भावस्थादेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्ला मध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता, सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको आजको नागरिक दैनिकमा खबर छ ।

लक्षित समुदायलाई फाइला र्पुयाउनेभन्दा कर्मचारीले व्यक्तिगत लाभ लिएको, अनुदान हिनामिना गरेको र केन्द्रबाट पठाएको रकम जिल्ला नपुगेको सार्वजनिक भएपछि मन्त्रालयले गरेको छानबिनमा तराईका ५ जिल्लामा कर्मचारीबाट भ्रष्टाचार भएको भेटिएको हो ।

तपाईको प्रतिक्रिया