Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रवार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित पर्नुभयो ।

अघिल्लो दिनसम्म भैसी नै डुव्ने खाडल सडकमा भए पनि शु्क्रबार भने सडकमा कतै पनि खाडल भेटाउनुभएन् । रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको छ । सडक दुरुस्त बनाएपछि अखरु बेला मेलम्चीसम्म पुग्न तीन घण्टा बढी समय लाग्ने गरे पनि शुक्रवार भने उहाँ आधा घण्टामै पुग्नुभयो । आजको राजधानी दैनिकमा खबर छ ।

मेलम्ची पुगेपछि सुवेदी भन्दै थिए, ‘प्रधानमन्त्री आउँदा त सडक यस्तो भयो भने राष्ट्रपति आउँदा कस्तो होला ! सधैँ यस्तै भ्रमण भइरहोस् ।’ प्रधानमन्त्री प्रचण्ड मेलम्ची खानेपानीको स्थलगत अवलोकन गर्न भन्दै शुक्रवार त्यसतर्फ जानुभएको थियो ।

तपाईको प्रतिक्रिया