Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर डाक्टरी पढेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेर ठगी मुद्दा चलाएका वीरगन्जका आठ चिकित्सकलाई पर्सा जिल्ला अदालतले सफाइ दिएको छ । doctor

पर्सा जिल्ला अदालतले ठगी मुद्दा चलाइएका चिकित्सकलाई बुधवार सफाइ दिएको हो । पर्सा जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले वादीको माग दाबी ठहर नभएको भन्दै आठै जना चिकित्सकलाई सफाइ दिइएको अदालतका श्रेस्तेदार ठाकुरप्रसाद खरेलले जानकारी दिनुभएको आजको अन्नपूर्णमा समाचार छ । ‘ठगिने व्यक्ति को हो ? भन्ने नखुलेको, किर्ते पुष्टि गर्ने आधार पनि नभएको र ठगीको परिभाषा भित्र पनि नपरेको ठहर अदालतले गरेको छ,’ श्रेस्तेदार खरेलले भन्नुभयो, ‘अदालतले ठगी गरेको प्रमाण फेला नपारेपछि सफाइ दिएको हो ।’

उहाँले अदालतको फैसला पछि आठै जना चिकित्सक बुधवार नै धरौटी बापत आफूले जम्मा गरेको रकम बुझेर घर फर्किएका छन् । चिकित्सकमाथि दायर गरिएको ठगी मुद्दामा पर्सा जिल्ला अदालतले शैक्षिक प्रमाणपत्र पुनःप्रमाणीकरण गर्न सिआइबी, उच्च मावि शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिललाई दुई पटक पत्रचार गरेर बोलाएको थियो । तर, सिआइबी समेतको तीन वटै टोली अदालतमा पुनः प्रमाणीकरणका लागि नआएपछि पर्सा जिल्ला अदालतले कसुर प्रमाणित हुने आधार नभएको भन्दै आठै डाक्टरलाई बुधवार सफाइ दिएको हो ।

सिआइबीको टोलीले असार ३ गते वीरगन्जको नारायणी उपक्षेत्रीय, नेशनल मेडिकल कलेज र निजी क्लिीनमा छापा मारेर डा.कुशराज गिरी, डा.सरोज सिंह, डा.पन्नालाल पटेल, डा.दिनेशकुमार साह तेली, डा. निमेशपाल रमण, डा. रामकुमार प्रधान, डा.इर्शादुल हक र डा.मोहम्मद रहुल्लाहलाई पक्रेर काठमाडौँ लगेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया