Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन इस्लामिक स्टेट (आईएस) लाई सघाएको आरोपमा मलेसियाले एक नेपाली नागरिकलाई देशनिकाला (डिपोर्ट) गरेको छ । 1474590293nepali

होटेल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आईएसको सहयोगी रहेको आरोपमा पक्राउ परेकामा उनलाई देशनिकाला गरेको मलेसियाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको आजको कान्तिपुर दैनिकमा खबर छ । देश निकाला गरिएको भनिएका ती नेपालीको नाम खुलाइएको छैन ।

उनीसहित बंगलादेशी र मोरक्कोका नागरिक पनि पक्राउ परेको त्यहाँका प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली र बंगलादेशीलाई देश निकाला गरिए पनि मोरक्कोका नागरिकलाई हिरासत मै राखिएको छ ।

आरोपित नेपालीलाई त्यहाँको प्रतिआतंकवादी युनिटले अगस्ट १९ मा पक्राउ गरी सेप्टेम्बर २ मा देश निकाला गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया