Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – सार्वजनिक लेखा समितिले अनियमतिताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको साँघुरिएको सुरुङको कामअघि बढाउन चिनियाँ कम्पनी सहमत भएको छ ।

जनार्दन शर्मा लेखा समिति सभापति रहेका बेला चमेलिया सिभिलतर्फको कार्यका लागि भेरियसनामा अनियमतितता भएको भन्दै भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि सुरुङको काम अवरुद्ध भएको आजको कारोबार दैनिकमा खबर छ । बिहीबार उर्जामन्त्री रहनुभएका उहाँ शर्माकै पहलमा भएको छलफलमा चिनियाँ कम्पनी सहमत भएको हो ।

ऊर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरण, सिभिल ठेकेदार मेजुवा वाटर एण्ड पावर ग्रसप कम्पनी तथा परामर्शदाता कम्पनी साह सिल्ट आइकनका प्रतिनिधिबीच भएको छलफलमा ३० सेप्टेमबरदेखि अवरुद्ध साँघुरिएको काम अघिबढाउन चिनियाँ कम्पनी सहमत भएको हो ।

तपाईको प्रतिक्रिया