Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१ औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ । तर, नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिकमा आफूहरूको ९८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको दाबी गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

२९ सदस्यीय नेपाली टोली रियो ओलम्पिकमा सहभागी भएको थियो । टोलीमा सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, सात खेलाडी, पाँचै खेलका पाँच प्रशिक्षक, दुई खेलकुद पत्रकार र बाँकी १२ जना एनओसीकै पदाधिकारी थिए । एनओसीको बुधवार बसेको बैठकमा कोषाध्यक्ष रतनकुमार टण्डनले रियो ओलम्पिकको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २९ जनाका लागि ९८ लाख ६४ हजार रुपैयाँ खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको बैठकमा सहभागी एक पदाधिकारीले बताए । 4

यद्यपि प्रतिवेदन बुझाए पनि कोषाध्यक्ष टण्डनले केही खुलाउन चाहानुभएन् भने अध्यक्ष जीवनराम श्रेष्ठले सबै जानकारी टण्डनसँग रहेको बताउनुभयो । परिषद्ले रियो ओलम्पिकका लागि १८ लाख बजेट छुट्याएको थियो । ‘परिषद्ले रियो ओलम्पिक शीर्षकमा १८ लाख बजेट छुट्याएको थियो,’ परिषद्को आर्थिक विभाग स्रोतले बतायो । काठमाडौँदेखि रियो दी जेनेरियोसम्मको दुईतर्फी टिकटका लागि एनओसीले लगभग ४४ लाख खर्चेको स्रोतले बतायो ।

सदस्यसचिव केशवकुमार विष्ट, सात खेलाडी र पाँच प्रशिक्षकको खर्च आफूहरूले नै गरेको परिषद्को उच्च स्रोतले जानकारी दिएको छ । ‘रियोमा परिषद्ले नै सदस्यसचिव, खेलाडी र प्रशिक्षकको टिकटदेखि दैनिक भत्तासम्म उपलब्ध गराएको थियो,’ स्रोतले भन्यो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया