Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – भूकम्पपीडितलाई राहत वितरण कार्य सन्तोषजनक नभएको भन्दै असन्तुष्ट रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणका प्राधिकरण प्रमुख कार्यकारी अधिकृतसहित कार्यप्रणाली र संरचनासमेत परिवर्तन गर्ने कसरतमा जुट्नुभएको छ ।

दाहालले त्यसका लागि सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहितका नेताहरूसँग पटकपटक छलफल गरिसकेको आजको नागरिक दैनिकमा खबर छ । ‘प्रधिकरणको का सन्तोषजनक नभएको विषयमा एकमत छ।

प्रमुख कार्यकारी मात्रै परिवर्तन गरेर समस्याको समाधान नहुने देखेर संरचना र कार्यप्रणालीसमेत परिवर्तन गर्नेमा एक मत रहेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘अहिलेको संरचनाले प्रभावकारी काम हुन नसक्ने देखिएकाले जिल्लास्तरमै संरचना बनाउने विषयमा छलफल केन्द्रित छ।’

तपाईको प्रतिक्रिया