Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धमा भएको निर्णय नपठाए अवहेलनामा कारबाही हुने आदेशसहितको पत्र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको छ ।

सर्वोच्चले एउटै व्यहोराको आदेश सामान्य प्रशासन मन्त्रालयलाई समेत पठाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । प्रमुख आयुक्त कार्की्विरुद्ध दायर भएको रिटको पुनरावलोकनमा प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना मल्ल प्रधानको पूर्ण इजलासले गत भदौ ३१ गते प्रमुख आयुक्त नियुक्तिका लागि भएको निर्णय र २०६२/०६३ को जनआन्दोलनपछि तत्कालिन मुख्यसचिवको हैसियतमा सामान्य प्रशासन मन्त्रालयले लिएको स्पष्टिकरण पेस गर्न सरकारलाई आदेश दिएको थियो ।

सात दिनभित्र नियुक्तिको फाइल नपठाए अवहेलनामा कारवाही हुने चेतावनीसहित आदेशमा दिइएको थियो ।

तपाईको प्रतिक्रिया