Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग लडाकु, शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउने बारे कुराकानी भइसकेको बताउनुभएको छ ।

लाजिम्पाटस्थित निजी निवासमा मंगलबार बसेको माओवादी केन्द्रको हेर्डक्वार्टर बैठकमा दाहालले यस्तो बताउनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । ‘अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले हाम्रो तर्फबाट के सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन, म कोही नभनी भारत भ्रमणमा हिँडेपछि ‘अदालतको कुरा मिलाइदिएन’ भन्ने उहाँको असन्तुष्टि देखियो,’ दाहालको भनाई उद्वृत गर्दै एक नेताले बताए ।

‘मैले सबै कुरा प्रस्ट बताइीदएको छु । कार्कीले ‘रियलाइज’ पनि गरेका छन् । अब अख्तियार र पार्टीको कुरा मिलिसक्यो भनेर बुझ्नस् ।’

तपाईको प्रतिक्रिया