Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानमा ढाक्न पत्राचार तयारी गरेको छ ।akhitar

२०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी सक्कली फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासि भदौ ३१ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाइएको जानकारी दिएको थियो । स्रोतका अनुसार सोही क्रममा अख्तियारले प्रारम्भिक अनुसन्धानमा संलग्नलाई बयानका लागि कार्यालयमा उपस्थित हुनु भन्दै पत्र लेख्ने तयारी गरेको आजको नागरिक दैनिकमा खबर छ ।

अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले केही दिनमै पत्र पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । अनुसन्धानबाट धेरै पार्टीका नेता र व्यक्ति उक्त प्रकरणमा तानिन सक्ने अख्तियार स्रोतले जनाएको छ । अख्तियारले उक्त प्रकरणमा माओवादी केन्द्र, नेपाली काँग्रेस, एमालेका जिम्मेवारीमा रहेका मन्त्री, शान्ति मन्त्रालय, प्रधानमन्त्री कार्यालय र शान्ति कोषका तत्कालीन जिम्मेवार कर्मचारीका नाममा पत्र लेख्ने तयारी गरेको हो ।

लडाकु भ्रष्टाचार प्रकरणमा सबैभन्दा धेरै माओवादी केन्द्रका नेता तानिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया