Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – एक जना विद्यार्थीका लागि वार्षिक सरदर १८ हजार रुपैयाँ खर्च हुने गरेको छ । सरकार, गैरसरकारी संस्था, दातृ निकाय र अभिभावकले पूर्वप्राथमिकदेखि विश्वविद्यालय शिक्षासम्म गर्दै आएको लगानीका आधारमा १८ हजार रुपैयाँ खर्च लाग्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

शिक्षा मन्त्रालय र राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ (युनेस्को)ले शिक्षाको लगानी बारेमा संयुक्त रूपमा गरेको अध्ययनले प्राविधिक तथा उच्च शिक्षा निकै खर्चिलो भएको देखाएको आजको गोरखापत्र दैनिकमा खबर छ । सन् २००९ देखि २०१४ सम्मको शैक्षिक लगानीका आधारमा अध्ययन गरिएको छ र समग्र शैक्षिक लगानीका बारेमा पहिलोपटक अध्ययन गरिएको दाबी मन्त्रालयले गरेको छ ।

मन्त्रालयका उपसचिव “युवराज रेग्मीले विगतमा राज्यको लगानीका आधारमा शैक्षिक खर्चबारे अध्ययन गर्ने गरिएकोमा पछिल्लो अध्ययनमा अभिभावकको लगानीलाई पनि समावेश गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले राज्य र अभिभावकले शिक्षामा झन्डै समान लगानी गर्दै आएका छन् । शैक्षिक लगानीको ४८.८ प्रतिशत योगदान अभिभावकको छ । विद्यालय शिक्षाका लागि अभिभावकले बर्सेनि औसतमा ३२ सय रुपैयाँ लगानी गर्दै आएका छन् । अध्ययन प्रतिवेदन अनुसार शिक्षा क्षेत्रमा अभिभावकले वार्षिक ९७ अर्ब ४० करोड रुपैयाँ खर्च गर्ने गरेका छन् ।

अध्ययनले प्राविधिक शिक्षामा प्रतिविद्यार्थी सरदर एक लाख ७३ हजार रुपैयाँ र विश्वविद्यालय शिक्षामा प्रतिविद्यार्थी ८५ हजार रुपैयाँ खर्च भइरहेको देखाएको छ । उक्त अध्ययनले प्राथमिक तह र निम्न माध्यमिक तहमा प्रतिविद्यार्थी १५ देखि १६ हजार रुपैयाँसम्म लगानी हुँदै आएको देखाएको छ भने पूर्वप्राथमिक तहमा प्रतिविद्यार्थी सात हजार रुपियाँ लगानी भइरहेको तथ्यलाई बाहिर ल्याएको छ ।

त्यस्तै कक्षा ९–१० मा प्रतिविद्यार्थी २७ हजार रुपियाँ र कक्षा ११–१२ मा प्रतिविद्यार्थी ३६ हजार रुपियाँ खर्च हुने गरेको अध्ययनले देखाएको छ ।

तपाईको प्रतिक्रिया