Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – नेपालबाट चीनतर्फ अमेरिकी डलरको तस्करी हुने गरेको छ । तस्करीकै कारण नेपाली बजारमा डलरको अभाव चर्किएको व्यवसायीहरू बताउँछन् । चिनियाँ पर्यटक र नेपाली व्यवसायीहरूले नेपाली बजारबाट नगद डलर संकलन गरी चीनतर्फ तस्करी गर्ने गरेको स्रोतले बतायो ।

‘चिनियाँ पर्यटकहरू कार्ड बोकेर आउँछन्,’ ठमेलमा मनी चेन्जर व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीले भन्नुभयो, ‘यहाँबाट महँगो दरमा नगद डलर किनेर लैजान्छन् ।’ नेपाली व्यवसायीले पनि चीनबाट हुने अनौपचारिक आयात तथा सुन तस्करीको रकम भुक्तानीका लागि डलर तस्करी गरिरहेको उनीहरू बताउँछन् । चीनमा त्यहाँको केन्द्रीय बैंकले नगद डलरको प्रवाहमा कडाइ गरिरहेकाले त्यहाँको अनौपचारिक बजारमा डलर निकै महँगो पर्ने गरेको व्यवसायीहरूको दाबी छ । ‘नेपालमा प्रचलित मूल्यभन्दा निकै महँगोमा डलर किनेर लाँदा पनि उनीहरूले फाइदा पाउँछन्,’ ती व्यवसायीले भने ।

नगद डलरको सञ्चिती बढाउने सरकारी नीतिअनुसार ‘पिपुल्स बैंक अफ चाइना (पिबिसी)’ ले नगद डलरको प्रवाहलाई निरुत्साहित गर्ने नीति लिएको उनीहरूको भनाइ रहेको आजको नयाँ पत्रिकामा खबर छ । नेपालीहरूले भने सुन र अन्य वस्तुको अनौपचारिक आयात गर्न चीनतर्फ डलरको तस्करी गरिरहेको सम्बद्ध व्यवसायीहरूको दाबी छ । यसका लागि धेरै नेपालीले यहाँको बजारबाट डलर किनेर अवैध रूपमा मूलभूमि चीनदेखि हङकङको बजारमा पुर्याउँछन् ।

सानो परिमाणमा पुँजी पलायन गर्न पनि नेपालीहरूले हङकङको रुट नै प्रयोग गरेर डलर तस्करी गर्ने गरेको व्यवसायीहरूले जानकारी दिए । ‘अहिले बजारमा बैंकको सुन नबिक्ने, तर व्यवसायीको पसलमा सुन अभाव नहुने अवस्थाको सिर्जना गर्न तस्करीको डलरले नै मुख्य भूमिका खेलेको छ,’ एक व्यवसायीले भने ।

तपाईको प्रतिक्रिया