Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सरकारले आठ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरू निर्धारण गरेको छ । मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका लागि सरकारले अस्पतालको नाम तोकेको आजको राजधानी दैनिकमा खबर छ ।

स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले निःशुल्क उपचारका लागि अस्पताल निर्धारण गरिएको हो । क्यान्सर रोगको उपचारका लागि क्यान्सर केयर अस्पताल जावलाखेल, भक्तपुर क्यान्सर अस्पताल , कान्ति बाल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, पाटन अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सिभिल अस्पताल नयाँ बानेश्वर र महिलालाई हुने क्यान्सर रोगको उपचारका लागि प्रसूति गृह थापाथली तोकिएको छ । a19dedd77c70909885a5b266e3c6713e

यस्तै मिर्गौला रोगको उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज र पाटन अस्पताल तोकिएको छ । यस्तै मुटु रोगको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, पाटन अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी र मनमोहन कार्डियाक अस्पताल काठमाडौँ तोकिएको छ । सिकलसेल रोगको उपचारका लागि नवलपरासी जिल्ला अस्पताल, बुटवल अञ्चल अस्पताल, कपिलवस्तु अञ्चल अस्पताल, घोराही उपक्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल, धनगढी अञ्चल अस्पताल, गुलरिया जिल्ला अस्पताल र महाकाली अञ्चल अस्पताल तोकिएको छ ।

हेड इन्जुरी, स्पाइनल इन्जुरी (टाउको र मेरुदण्डको समस्या) को निःशुल्क उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज र पाटन अस्पताल तोकिएको छ । यस्तै पार्किन्सन्स र अल्जाइमर्सका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज र पाटन अस्पताललाई तोकिएको छ ।

पायक पर्ने अस्पतालमा शैया नपाएमा वा विभिन्न कारणवश त्यहाँ भर्ना हुन नपाएमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया