Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – नेपाली सेनाले देशको ऐनकानुन पालना गर्न नमान्दा राष्ट्र नै लज्जित हुनु परेको छ । मङ्गलवार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा सुरक्षार्थ खटिन पुगेको नेपाली सेनाको २ सय ३२ जनाको टोली अपमानित भएर फर्कनुपर्‍यो ।

अपमानित हुनुपर्ने कारण थियो– उनीहरू कसैसँग पनि साथमा पासपोर्ट थिएन । सुडान अध्यागमनले ‘इन्ट्री’ (प्रवेश) हुन पासपोर्ट मागेपछि मात्र नेपाली सेनाको टोलीले आफूहरुसँग पासपोर्ट नभएको थाहा पाएको थियो । त्यसपछि अध्यागमनले उनीहरू सबैलाई जुन विमानमा गएका थिए, त्यही विमानमा नेपाल फिर्ता पठाएको आजको नागरिक दैनिकमा खबर छ ।

‘असावधानीले सबै नेपाली सेनाको पासपोर्ट त्रिभुवन विमानस्थलमै छुटेछ, यसै कारण दक्षिण सुडानको अध्यागमनले उनीहरूलाई नेपाल नै फिर्ता पठाएको रहेछ,’ नेपाली सेनाका सहप्रवक्ता रामनाथ ढुंगानाले जानकारी दिनुभयो । सुडानले फिर्ता पठाएपछि बुधवार बिहान काठमाडौँ आइपुगेको सैनिक जवानहरुको टोली छुटेको पासपोर्ट लिई पुनः बुधबारै सुडान प्रस्थान गरेको थियो ।

‘देशको नियमकानुनअनुसार सर्वसाधारण जाने बाटोबाट सेना गएको भए यतिठूलो दुर्घटना हुँदैनथ्यो, सेनाले सर्वसाधारण जाने टर्मिनलबाट जान मान्दैन,’ स्रोतले भन्यो, ‘उनीहरू चढ्ने जहाजै अतिविशिष्ट कक्ष नजिक लगिन्छ र त्यहीबाट चढ्ने/ओर्लने काम हुन्छ । उनीहरू जाँदा र आउँदा के सामान लान्छन् तथा ल्याउँछन्, न विमानस्थल अध्यागमनलाई थाहा हुन्छ न भन्सार ।’

तपाईको प्रतिक्रिया