Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित दुई महत्वपूर्ण फाइल ‘भूकम्पका कारण फेला पार्न नसकिएको’ जनाएको छ ।

कार्कीविरुद्ध परेको रिटको फैसलाको पुनरावलोकन गर्ने र नगर्ने भन्ने निर्णयका क्रममा सर्वोच्च अदालतले भदौ १० गते दुई फाइल झिकाउन आदेश दिएको थियो । सर्वोच्चको पत्रको प्रतिउत्तर पठाउने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सामान्य प्रशासन मन्त्रालयले ‘भूकम्पका कारण फाइल भेट्टाउन नसकिएको’ जवाफ दिएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने तत्कालिन संवैधानिक परिषदको निर्णयको फाइल मगाएको हो । संवैधानिक परिषदको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहन्छ ।

सर्वोच्चले सामान्य प्रशासन मन्त्रालयमा भने तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई स्पष्टिकरण सोध्नेबारे २०६३ फागुन ११ गतेको पत्रसहितको फाइल माग गरेको थियो ।

तपाईको प्रतिक्रिया