Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपालीको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरी जुम्लामा उत्पादित अर्गानिक स्याउ काठमाडौँ उपत्यकाका प्रमुख चौकमा बिक्री वितरण सुरु गरिएको छ ।

एस डिके एप्पल गार्डेनिङले शनिवार पत्रकार सम्मेलन गरी विगतका वर्षहरूमा झैँ यस वर्ष पनि चाडपर्वलाई लक्षित गरी जुम्लाको स्याउ काठमाडौँ ल्याइसकेको जानकारी दियो । सो गार्डेनिङले विगत चार वर्षदेखि जुम्लाको अर्गानिक स्याउ बिक्री वितरण गर्दै आएको छ ।

नेपालको अर्गानीक सर्टिफाइड, ताजा र गुणस्तरीय स्याउ उपत्यकाका फलफुल पसलबाट प्रतिकिलो रु १४० देखि १६० मा खरिद गर्न सकिनेछ । गत वर्षमात्र १५ टनको हाराहारीमा जुम्लाको स्याउ काठमाडौँमा बिक्री गरिएको गार्डेनिङका सञ्चालक दिनेश खड्काले जानकारी दिनुभयो । यसवर्ष भने १७ टनको हाराहारीमा बिक्री गर्ने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया