आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – तान्जानियामा ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । तान्जानियाको उत्तर पश्चिम क्षेत्रमा आएको उक्त भूकम्पका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर १ सय ९२ जनाभन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण त्यहाँको भौतिक संरचनामा ठुलो क्षति भएको छ । भूकम्पले बुकोबा सहर बढी प्रभावित छ । ७० हजारभन्दा बढी नागरिकको बसोबास रहेको सहरका धेरै घर भत्किएका छन् । भूकम्पको धक्का छिमेकी मुलुक केन्या, युगान्डा, रुवान्डा र बुरुन्डीमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उद्धार र राहतको काम भइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । तान्जानियामा पछिल्लो एक दशकमा आएको यो शक्तिशाली भूकम्प हो ।–एजेन्सी

तपाईको प्रतिक्रिया