Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

चितवन – पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भिरमा ट्रकको नम्बर प्लेट, चाउचाउ र बिस्कुटका प्याकेट भेटिएको छ । तर ट्रक भने नदीमा बेपत्ता भएको छ । मुग्लिन हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ६०१७ नंको ट्रक बिहान १०ः४५ बजे नदीमा खसेको प्रहरीले जनाएको छ ।

एक सय ५० मिटर तल नदीमा ट्रक खसेको हो । ट्रकमा कति मानिस थिए जानकारी हुन सकेको छैन । खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया