Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

रुपन्देही – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको सरकारले एक महिनासम्म पनि मधेसवादी दलको माग सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ ।

राप्रपा नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले मधेसवादी दलहरूको चाहनाअनुरुप संविधान संशोधन भए आफूहरुको यो मुद्दा पनि सम्बोधन गर्नुपर्ने अडान दोर्होयाउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले अहिलेको सरकारले एक महिनासम्म पनि मधेसवादी दलको माग सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो ।

अब हुने संविधान संशोधनमा हिन्दु राज्य पुनःस्थापना गरी धर्म्निरपेक्षता खारेज गर्न माग गर्नुभएको छ । दलहरुबीच सहमति नभए संविधान संशोधन हुन नसक्ने भन्दै अध्यक्ष थापाले काँग्रेस, माओवादी र मधेसवादी दलले मात्र दुई तिहाइ बहुमत पुर्‍याउन नसक्ने उहाँले बताउनुभयो । देशमा समयमै निर्वाचन नभए संवैधानिक रिक्तता आउने भन्दै त्यसो भए मुलुक दुर्घटनातर्फ धकेलिने थापाको भनाइ छ ।

तपाईको प्रतिक्रिया