Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

चितवन – शिक्षामन्त्री धनीराम (डिआर) पौडेलले नयाँ विश्वविद्यालय खोल्दा भएको त्रुटिका कारण त्रिभुवन विश्वविद्यालय र नयाँ विश्वविद्यालयबीचको विवादले निकास पाउन नसकेको बताउनुभएको छ ।unnamed

प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नयाँ विश्वविद्यालयको गठनमा नै त्रुटि रहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको भौतिक संरचना, प्राध्यापक, कर्मचारीसमेत प्रयोग हुने गरी नयाँ विश्वविद्यालय खुल्दै गर्दा त्रिविका सरोकारवालासँग त्यतिबेला छलफल नहुँदा विवाद टुङ्गिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ विश्वविद्यालय खोल्दा त्रिविका प्राध्यापक, कर्मचारी बेखबर भए, त्यसको परिणाम अहिलेसम्म भोग्नु परेको छ ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालयसहितका नयाँ विश्वविद्यालय र त्रिविबीचको विवादको सुरुवाती विन्दुदेखि नै छलफल गरेर समस्या समाधान गरिने उहाँले बताउनुभयो । विश्वविद्यालयलाई समन्वय गर्न ऐन जरुरी भएको उहाँले बताउनुभयो । मन्त्री पौडेलले उच्च शिक्षालाई व्यवस्थित गर्न उच्च शिक्षा ऐन ल्याउने पनि बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) अन्तर्गतका कार्यक्रम सरकार मार्फत सञ्चालन गर्नुपर्ने बताउँदै मन्त्री पौडेलले त्यही अनुरुप चितवनको शक्तिखोरमा सहिद स्मृति पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन गर्न प्रारम्भिक छलफल थालिएको बताउनुभयो । प्राविधिक शिक्षा दिइने हुँदा यस्ता इन्स्टिच्युट सरकार आफैँले सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया