Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – जननेता विश्वेश्वरप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्ती आज मनाइँदै छ । नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रूपमा स्थापित कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो ।bp-1

कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गर्नुभएको थियो । उहाँले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गर्नुभएको थियो । उहाँ पटक–पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताउनुभएको थियो । विसं २००७ अगाडि भद्रगोल नजिकैको कारागार जीवनमा रहनुभएका कोइराला नेपाली समाजको गतिशीलता र प्रगतिका लागि चिन्तित हुनुहुन्थ्यो । उहाँले साथीहरूसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गर्नुभएको थियो भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक काँग्रेससँग एकीकरण गरी कोइराला सभापति बन्नुभएको थियो ।

उहाँ विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषद्मा गृहमन्त्री बन्नुभएको थियो । विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उहाँ पहिलो जननिर्वा्चित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गर्नुभएको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले उहाँको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बस्नुभएको थियो । भारतमा निर्वासित रहँदा पनि नेपालमाथि विदेशीको षड्यन्त्र भइरहेको थाहा पाएपछि राष्ट्रिय मेलमिलापको नीति लिएर कोइराला विसं २०३३ मा नेपाल फर्कनुभयो । bp-2

त्यसपछि पनि उहाँलाई सुन्दरीजलमा दुई वर्ष कारागार जीवन बिताउन बाध्य बनाइयो । बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुनुहुन्थ्यो । उहाँका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् । उहाँको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको अर्बुदरोगबाट भएको थियो ।

तपाईको प्रतिक्रिया