Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – संखुवासभा र भोजपुरबाट यसैसाता तीनवटा बहुमूल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।rudraksha-combination-for-industrialist-and-people-in-finance

रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा तीनवटा दाना बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिनुभयो । धुपुको ज्यामिरेमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सुजन राई, नरेन्द्र राई लगायतले १६ लाखमा खरिद गरेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

षडानन्द नगरपालिकाको केउरेपानीमा उत्पादन भएको २१ मुखे रुद्राक्ष नीलमणि न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गरे । यसैगरी यसैसाता भोजपुरको फालिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो आकारको भएको भन्दै १२ लाख रुपैयाँमा खरिद भएको व्यापारी चित्र श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया