Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – संविधान संशोधन, सीमाकंन र संविधानमा उल्लेख भएका विभिन्न आयोगका विषयमा प्रमुख तीन दलबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकले सीमा निर्धारण आयोगले गर्दै आएको स्थानीय निकायको पुनःसंरचनाको कामलाई निरन्तरता दिने बारेमा समेत छलफल भएको बताइएको छ । बैठकमा आउँदो चैतसम्ममा स्थानीय निकाय निर्वाचनबारे समेत छलफल भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुनःसंरचनाबारे आयोग ल्याएको खाकाको बारेका छलफल गरेर अगाडि बढ्न सकिने धरणा राखेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपधानमन्त्री कृष्णबहादुर महरा, नेता वर्षमान पुन, काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, र नेकपा एमालेको तर्फबाट नेता झलनाथ खनाल र वामदेव गौतमल गायतका नेताको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया