Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – दस लाख पाउन्ड खर्च हुनेगरी झन्डै साढे तीन वर्षदेखि बेलायतमा यातनासम्बन्धी मुद्दा खेपिरहनुभएका नेपाली सेनाका महासेनानी कुमार लामाको पक्षमा फैसला भएको छ ।kumar-lama

सरकारी अभियोजक पक्ष (क्राउन प्रोसिक्युसन सर्भिस) ले लामालाई दोषी ठहर्‍याउन सक्ने पर्याप्त आधार नभएको भन्दै मुद्दा अघि नबढाउने निर्णय लिएपछि लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौजदारी अदालत) ओल्ड बेलीमा कोर्ट नम्बर ६ मा मंगलबार जस्टिस स्विनी नेतृत्वको इजलासले लामालाई निर्दोष साबित गर्दै मुद्दा टुंग्याएको हो । ‘न्यायको जित भएको छ,’ फैसलापछि ओल्ड बेली बाहिर ४९ वर्षीय कर्णेल लामाले भन्नुभयो । लामाले मुद्दामा सफाइ पाएपछि क्षतिपूर्ति खोज्नेबारे आफूलाई केही थाहा नभएको बताउनुभयो । ज्यादै हँसिलो देखिएका लामाले नेपाली सेनाको अनुमति विना थप बोल्न नमिल्ने बताउनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । तस्बिर खिच्न आग्रह गर्दा उहाँले हाँसेर टार्नुभयो, ‘फोटो नखिचौं होला ।’

लामाका साथ उहाँकी छोरी पनि थिइन् । तर, लन्डनस्थित नेपाली दूतावासबाट भने कोही पनि प्रतिनिधि त्यहाँ उपस्थित थिएनन् । लामामाथि ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक ब्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोगमा विश्वव्यापी क्षेत्राधिकार कानुनअन्तर्गत मुद्दा लगाइएको थियो । लामाका तर्फबाट किङ्सले नेप्ली फर्मका म्याथु बट र रोबर्ट मोरिसले मुद्दा प्रतिनिधित्व गरिरहेका थिए ।

लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्स १९८८, १३४ अन्तर्गत मुद्दा चलाइएको थियो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति स्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेट्न बेलायत आउँदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया